१८ बैशाख २०७५, मंगलवार

तारा आचार्य
मोरङ  ।  निष्पक्ष र स्वतन्त्र न्याय सम्पादन गराउने उद्देश्यले नगरपालिका र गाँउपालिकाहरुमा रहेको न्यायिक समितिहरुका पदाधिकारीहरुलाई न्यायिक निरुपण सम्बन्धि तालिम दिन थालिएको छ ।

तीन दिन सम्म आयोजना हुने सो तालिममा न्यायिक समितिको जिम्मेवारी, उजुरी दर्ता, दरपिठ, म्याद तामेली, तारेख र प्रतिवाद तथा मेलमिलाप सम्बन्धि अवधारणा बारे प्रशिक्षण दिइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको सो तालिममा मोरङका १७ स्थानीय तहका उपप्रमुखसहितको न्यायिक समितिका पदाधिकारीहरु गरी ५७ जना सहभागी भएका छन् । पहिलो पटक संघीयता कार्यान्वयन हुन लागेको र स्थानीय सरकारहरुलाई केही न्याय निरुपणको अधिकार समेत प्राप्त भएकाले तालिम दिन लागिएको बताइएको छ ।

LIVE TV