१८ बैशाख २०७५, मंगलवार
  • मनोज श्रीवास्तव

कपिलबस्तु । २५६२ औं बुद्ध जयन्ती समापन समारोहमा बालक अर्थात राजकुमार बुद्धको प्रतिमा कपिलबस्तुको तिलौराकोटमा ल्याईएको छ । बालक रुप धारण गरेका बुद्धको शिशुको प्रतिमालाई गाडीमा सजाएर रथ जस्तो बनाई तिलौराकोट ल्याईएको हो ।

राजकीय सम्मानको झझल्को दिने गरि गाडीे अघिपछि लावालस्कर मोटर साईकल ¥यालीसहित खुसियाली मनाउदै लुम्बिनीबाट यात्रा शुरु गरिएको थियो । विहान ९ वजे लुम्बिनीबाट हिडेको ¥याली अपरान्ह १ वजे तौलिहवा बजार प्रवेश गरेको थियो । नवजात शिशुको मुर्ति राखिएको रथलाई अघि पछि प्रहरी तैनाथ गरि सुरक्षा प्रदान गरिएको थियो ।

तौलिहवा बजार हुँदै आधा घण्टा बढी समय लगाएर रथ तिलौराकोट दरवार क्षेत्रमा पुगेको थियो । राजकुमारलाई ल्याउन बजारका मुख्य चोक सरसफाई गरि विशेषरुपमा सजाइएको थियो । पूर्वको नगरपालिकाको प्रवेशद्वार जमुवार पुल प्रबेश गर्नासाथ नगरवासी बालक बुद्धको दर्शन तथा स्वागत गर्न तछाडमछाड गरेका थिए ।

बुद्ध जयन्ती समापन समारोहमा बिभिन्न वक्ताले लुम्बिनी बिकास कोषको कारण कपिलबस्तु छाँयामा परेको र तिलौराकोट लगायत कपिलबस्तुमा भएका कोटको विकासमा ध्यान नदिएको गुनासो गरेका थिए ।

LIVE TV