१८ बैशाख २०७५, मंगलवार

मुम्बई । करण जोहरको फिल्म ‘कलंक’को सुटिङ सेटमा दुई सर्प अचानक देखा परेपछि तकल्का मच्चिएको छ । यो फिल्मलाई अभिषेक वर्माले निर्देशन गरिरहेका छन् ।

यो फिल्ममा बरुण धवन, आलिया भट्ट, माधुुरी दिक्षीत, सोनाक्षी सिन्हा, सञ्जय दत्त र आदित्य राय लगाएतका कलाकारहरु छन् । सोमबार ‘कलंक’ फिल्मको सुटिङ सेटमा बरुण र आलियाले सुटिङ गरिरहेका थिए, तर अचानक दुई सर्प देखा परेपछि सुटिङ नै रोक्नु परेको थियो ।

यो घटना सोमबार बेलुकाको हो । बरुण र आलियाले कलंक फिल्मको लागि डुबेर सुटिङ गरिरहेका थिए । सोही समयमा उनीहरुतर्फ दुई सर्प आईरहेको फिल्मको टिमले देखेपछि एक घण्टा भन्दा बढी सुटिङ रोकिएको थियो ।

सुटिङको एक सुत्रले जानकारी गराए अनुसार यो फिल्मको लागि कलाकारहरुले ४५ दिनको सुटिङको सेड्युलमा छन् ।
यो फिल्म २०१९ अप्रिल १९ तारिखबाट दर्शकमाझ रिलिजमा आउनेछ ।

LIVE TV