१८ बैशाख २०७५, मंगलवार

काठमाडौँ । मुटु शरीरको रक्त सञ्चालन प्रक्रियासँग सम्बन्धित छ । मुटु मानव तथा अन्य जनावरमा भएको पेशी अंग हो, जसले रक्तनली मार्फत संचार प्रणालीमा रगत पम्प गर्ने काम गर्छ ।

सामान्यतः एउटा वयस्क मानिसको मुटुको तौल ९ देखि ११ औन्स हुन्छ। सम्भवतः मानिसको शरीरको सबैभन्दा बलियो अङ्ग नै मुटु हुनुपर्छ। यसले एक घण्टामा करिब ३ हजार पौण्ड तौल उठाउन लाग्ने बराबरको शक्ति पैदा गर्छ। यो शक्ति एउटा सानो खालको कारलाई जमीनबाट १ फुटमाथि उठाउन पर्याप्त हुन्छ।मानिसको मुटु कति बलियो हुन्छ भने यसले रगतको छिर्कालाई ३० फिट परसम्म फ्याँक्न सक्छ।एक दिनमा मुटुले करिब २ हजार ग्यालन रगत पम्प गर्छ। औसत आयुलाई ७० वर्ष मान्ने हो भने मुटुले जीवनभरमा करिब ५१ मिलियन ग्यालन रगत पम्प गर्ने गर्छ।

गर्भाधान भएको करिब ८ हप्ताभित्रमै मानिसको मुटु विकसित भइसकेको हुन्छ। जबकि त्यो बेलामा भ्रूण करिब १ इन्च मात्र लामो हुन्छ। अझ गर्भाधानको ४ हप्तादेखि नै भू्रणको मुटु पनि धड्कन सुरू भइसकेको हुन्छ भनी वैज्ञानिकहरू मान्दछन्।मुटुएउटा शंक्तिशाली मांसपेशिक अंग हो।यो शरीरमा छातीभित्र दुई फोक्सोको बीचमा रहेको हुन्छ। मुटुलाई एउटा पातलो झिल्लीले घेरिएको हुन्छ, जसलाई पेरिकार्डिम भनिन्छ।

रक्त नली अथवा पुर्णरुपमा बन्द भए ह्रदयघात,छाती दुख्ने (एन्जाइना)र स्ट्राक प्रभाव पार्ने गर्दछ , जसलाई समग्र रुपमा मुटु रोग भनिन्छ । मुटु रोगका कारणहरु धेरै हुन्छन् ।
मुटु रोग हुनको कारण यस्ता रहेका छन्ः

  • उच्च रक्त चाप
  • कोलस्ट्राेल
  • तानव
  • मधुमेह
  • धम्रमान,मध्यपान
  • अधिक ताैल

मुटु रोगबाट जोगिने उपायहरूः

  • दनिक ३० मिनेट हिडडुल गर्ने।
  • तौल धेरै भएमा घटाउने।
  • धुृम्रपान नगर्ने।
  • मध्यपान कम अथवा बन्ध गर्ने।
  • नुन , चिल्लो कम भएको खान खाने।
  • समय समयमा रक्तचाप।कोलेस्ट्रोल, मधुमेह जँचाउने।
  • चिकित्सकको सल्लाह बमोजिम औषधी खाने।
  • तनाव नरहने,घर परिवार, साथी भाईसँग अफ्नो समस्य बारे छलफल गर्ने।
  • फाइवर भएको खान जस्तै गहँुको राटी,गडागुडी, दालफलफूल, हरियो तरकारी तथा सागपात खाने।
  • छाला नभएको मासु ,माछा,दहि,चिज आदि खाने ।
  • आईसक्रीम,कुकिज,चाउचाउ,जुस आदि कम खाने ।
  • तारेको,भुटेको भन्दा उसिनेको ,पोलेको खान खाने ।

LIVE TV