१८ बैशाख २०७५, मंगलवार
  • अंगराज

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले राजनीतिक स्थिरता र विकास जनताको अपेक्षा भएकाले त्यही अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विकास र समृद्धिका लागि भएका राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै जनताले महसुस गर्ने गरी काम गरिने बताउनुभयो । उहाँले मुलुकको समृद्धिका लागि जनताले बाम गठबन्धनलाई दिएको अवसरको सदुपयोग गर्ने समय आएको धारणा समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष दाहालले देश संघीय संरचनामा गएसंगै कर्मचारीले आफूलाई प्रमाणित गर्नुपर्ने समय आएको भन्दै सरकारले लिएको नीति अनुरुप काम गर्न समेत निर्देशन दिनुभयो ।

LIVE TV