१८ बैशाख २०७५, मंगलवार

काठमाडाैं । नेपालकै प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटा बेलायतस्थित किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचार गरेर स्वदेश फर्केका छन् । तर विदेशमा त्यति लामाे उपचार गराउँदा पनि स्वास्थ्य अवस्थामा सुधार नअाएपछि उनको अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखेर थप उपचार भइरहेको छ ।

बाँकी उपचार नेपालमै गराउने इच्छाअनुसार डा. देवकोटालाई तीन दिनअघि नेपाल ल्याइएको हो । अहिले उनको स्वास्थ्य स्थिति स्थिर रहेको अस्पतालले जनाएको छ । ‘डा. देवकोटाको उपचार यसै अस्पतालमा सघन रुपमा चलिरहेको छ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । तर उनलाई लागेको रोग के हाे, यसबारे खुलाइएकाे छैन ।

LIVE TV