१८ बैशाख २०७५, मंगलवार

काठमाडौं । जगदम्बा सिमेन्ट उद्याेगले अाफ्ना उत्पादनलार्इ अझ परिस्कृत गरेको छ । आफ्ना ग्राहकहरु तथा उपभोक्ताका मागलार्इ मध्यनजर गर्दै उत्पादनलाई अझ परिस्कृत गरेको हो ।

हालै मात्र विश्वस्तरीय प्रविधि जडान गरी उत्पादनलाई थप गुणस्तरीय बनाउने उदेश्यले युररोपियन कम्पनी एफएल स्मिथ (डेनमार्क र इन्डियाकाे संयुक्त लगानी रहेकाे) को अत्याधुनिक भीअारएम (भर्टिकल राेलेट मिल्स) प्रविधि जडान गरी उत्पादन सुरु गरेको छ । साथै थप यस उध्योगले आफ्नो फोर्स ब्राण्डलाई नयाँ ढङ्गले उत्पादन गर्दै लाने उध्योग कम्पनीले जनाएको छ ।

जगदम्बा ग्रुपले नेपालमा पाइने अाेपिसी, पिपिसी तथा पिएससी सबै प्रकाका सिमेन्न्ट आफ्नै उद्याेबाट दैनिक एक लाख दश हजार बोरा बिक्री तथा वितरण गर्दै आएको छ । उद्याेगले अाफ्ना उत्पादनलार्इ सधैँ प्रविधिमैत्री बनाउने र उत्पादित सम्पूर्ण ब्राण्डहरूमा एकरुपता कायम गर्दै उपभोक्ताको सेवामा समर्पित हुने प्रतिबद्धता कम्पनी जनाएको छ ।

LIVE TV