१८ बैशाख २०७५, मंगलवार

एजेन्सी :

इजरायलका प्रधानमन्त्रीले ‘पावर पोइन्ट’ मा इरानका गोप्य दस्तावेजहरूका बारेमा प्रस्तुति दिँदै इरानले परमाणु कार्यक्रम गाेप्य रूपमा चलाइरहेकाे अाराेप लगाएपछि त्यसकाे इरानले खण्डन गरेकाे छ ।

इरानले आफ्नो परामाणु महत्त्वाकांक्षाबारे विश्वलाई ढाँटेको भन्ने प्रमाणित गर्ने हजारौँ पाना भएका दस्तावेजहरू आफूसँग रहेको इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले अाराेव लगाएका थिए ।

साे अराेपपछि इजरायलको उक्त दाबी झुटाेभ भएकाे भन्दै इरानले खण्डन गरेकाे हाे । इरानी विदेशमन्त्री जभाद जारिफले अन्तर्राष्ट्रिय परमाणू उर्जा निकायले सम्बोधन गरिसकेका पुराना आरोपहरूलाई पुन: मिलाएर इजरायलका प्रधानमन्त्रीद्वारा प्रस्तुत गरिएको टिप्पणी गरेका छन्।

उनले इजरायली प्रधानमन्त्री नेतन्याहुले इरानसँग अन्तर्राष्ट्रिय परमाणु सम्झौता तोड्ने अमेरिकी राष्ट्रपतिको चाहनालाई पूरा गर्न मद्दत गर्नका लागि पछिल्लो दाबी प्रस्तुत गरेको आरोप लगाए। नेतन्याहुले प्रस्तुत गरेका ती दस्तावेजहरूले सन् २०१५ को सम्झौतापछि इरानले आफ्नो परमाणु ज्ञान अभिवृद्धि गर्ने कामलाई निरन्तरता दिइरहेको प्रमाणित गरेको बताएका थिए ।

यसैबीच, अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले समेत इजरायलले सार्वजनिक गरेका विवरण केही समयपहिले नै आफ्नो जानकारीमा आएका विवरणसँग मेल खाएको जनाएकाे छ । तर राष्ट्रपति ट्रम्पले आगामी दुई हप्तापछि निर्णय गर्दा उक्त सम्झौता तोड्ने या नतोड्ने केही खुलाएका छैनन्।

 

लामो समयदेखि ट्रम्पले उक्त सम्झौता इरानको पक्षमा भएकाले त्यसलाई खारेज वा संशोधन गर्नुपर्नेमा जोड दिँदै आएका छन्। तर उक्त सम्झौताका अन्य हस्ताक्षरकर्ता ब्रिटेन, फ्रान्स र रूसले ट्रम्पलाई उक्त सहमतिबाट अलग नहुन भनिरहेका छन्।

LIVE TV