१८ बैशाख २०७५, मंगलवार

ताम्घाँस । गुल्मीको मालिका गाउँपालिका–२, दुनामका ३३ वर्षीय दिपक विश्वकर्माको पहिरोमा परेर ज्यान गएको छ ।

सोमबार राति छिमेकीको कुलपूजामा गएर घर फर्किने क्रममा सडक माथिबाट खसेको पहिरोमा परेर विकको घटना स्थल मै ज्यान गएको प्रहरीले बताएको छ । विकको सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिनु भएको छ ।

LIVE TV