१८ बैशाख २०७५, मंगलवार

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र दामाेदारदास मोदीकाे अासन्न नेपाल भ्रमणकाे पूर्वसन्ध्यामा गृहमन्त्री रामबहादुर थापाले सुरक्षा अवस्थाबारे अवलाेकन गरेका छन् । माेदी काठमाडौं नभई सीधै जनकपुरमा उत्रने भएपछि गृहमन्त्री थापाले यहाँकाे सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमै माेदीकाे स्वागत गर्ने तयारी भइरहेकाे परराष्ट्र मन्त्रालय स्राेतले जनाएकाे छ । मोदी यही बैशाख २८ गते दुईदिने नेपाल भ्रमणमा आउने कार्यक्रम तय भइसकेकाे छ ।

भारतीय प्रम मोदी पटनाबाट हेलिकोप्टर चढेर सीधै जनकपुर आउने गृहमन्त्री थापाले बताए  । उनले त्यहाँ जानकी मन्दिरमा विशेष पूजा समेत गर्नेछन् । साथै बाह्रविघामा माेदीलार्इ नागरिक अभिनन्दन गर्ने कार्यक्रम समेत तय भएको छ । त्यसपछि मोदी काठमाडौं आउने र यतैबाट मुक्तिनाथको पनि भ्रमणमा जाने कार्यक्रम परराषट्र मन्त्रालयले स्वीकृत गरिसकेकाे छ ।

गृहमन्त्री थापाले मंगलबार जनकपुरको सुरक्षा अवस्थाबारे जानकारी लिएर माेदीकाे भ्रमणअार्इ ध्यान दिर्इ सुरक्षा अवस्था थप सुदृढ बनाउन जनकपुरस्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। थापाले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसँग पनि सुरक्षा अवस्थाका विषयमा छलफल गरेका छन्।

जिल्लास्थित सुरक्षा निकायले सुरक्षा तयारीबारे ब्रिफिङ गरेका थिए। गृहमन्त्री थापाले भने, ‘भारतीय प्रधानमन्त्री जनकपुर आउने र मुक्तिनाथ जाने देशका लागि गौरवको विषय हो । उहाँको सम्मानमा जेजे सकिन्छ, त्यो तयारी गर्छौं ।’

LIVE TV