१८ बैशाख २०७५, मंगलवार

काठमाडौँ : सरकारले संविधान अनुकुलका केही ऐन कानून निर्माण गर्नुपर्ने कामलाई तीव्रता दिएको छ । निर्वाचन पछि बसेको संघीय संसद बैठक विजनेशको अभावमा स्थगित भएको थियो ।

सरकारले संविधान बमोजिमका ऐन/कानून निर्माणमा काम गर्न नसकेपछि संघीय संसदको पहिलो अधिवेशन अन्त्य भएको थियो । बैशाख २३ गते बोलाइएको संसद अधिवेशनमा सरकारले केही विधेयक मस्यौदा पेश गर्ने तयारी गरेको छ । संविधानको धारा १६ देखि ४६ सम्म उल्लेखित मौलिक हक सम्बन्धी ऐन/कानून निर्माणका लागि अहिले विधेयक मस्यौदा बनाउने तयारी सरकारले थालेको छ ।

यी मौलिक हक सम्बन्धी कानून तीन वर्षभित्र लागु गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ । संविधान जारी भएको तीन वर्ष असोज ३ गते पुग्नेछ ।

LIVE TV