१८ बैशाख २०७५, मंगलवार

एजेन्सी ः

इजरायलले तीन वर्षअघि भएको परमाणु सम्झौता उल्लंघन गरेकाे अाराेप इरानलार्इ लगाएकाे छ । परमाणु सम्झौताका बाबजुद पनि इरानले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिएको र परमाणु हतियार क्षमता बताढाएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आरोप लगाएका हुन् ।

प्रधानमन्त्री नेतन्याहुले सोमबार इरानको परमाणु कार्यक्रमबारे आफ्नो देशको गुप्तचर विभागले प्राप्त गरेकाे कागजातबाट इरानले परमाणु कार्यक्रम रोकेको नभई थप अघि बढाएको पुष्टि हुन अाएकाे अाराेप लगाएका छन् । इरानले सन् २०१५ मा अमेरिकासहित विश्वका शक्ति राष्ट्रसँग भएको परमाणु सम्झौताको गम्भीर उल्लंघन गरेको र आफूहरुसँग त्यसको नयाँ र आधिकारिक प्रमाण रहेको उनले बताएका हुन् ।

नेतन्याहुले इरानकाे गतिविधिलार्इ पुष्टि गर्ने स्लाइड, तस्बिरलगायतका प्रमाणहरू प्रस्तुत गरेका छन् । यी जानकारी केही हप्ताअघि मात्रै प्राप्त भएको उनको भनाइ छ । इरानले परमाणु हतियार बनाएर इजरायलका बिद्रोहीलाई सप्लाई गर्ने गरेको द न्युयोर्क टाइम्सले खबर छापेको छ ।

सन् २०१५ मा विश्वका शक्ति राष्ट्र र इरानबिच भएको सम्झौतामा आफ्नो परमाणु उर्जा कार्यक्रम बन्द गर्ने र त्यसको बदलामा आफूमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने उल्लेख छ । अमेरिकासहित विश्वका पाँच शक्ति राष्ट्रसँग तीन वर्षअघि इरानको परमाणु सम्झौता भएको थियो ।

LIVE TV