१८ बैशाख २०७५, मंगलवार

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलाे एेतिहासिक मजदूर आन्दोलन कांग्रेसकाे नेतृत्वमा भएको बताउनुभएकाे छ । कांग्रेसकै नेतृत्व र अग्रसरतामा श्रमिकको अधिकार सुनिश्चित भएको दाबी गर्दै उहाँले कांग्रेसको नेतृत्वमा विराटनगरमा पहिलाे मजदुर अान्दाेलन भएकाे स्मरण गर्नुभएकाे छ ।

विश्व मजदुर दिवस (मे दिवस)को अवसरमा मंगलबार एक शुभकामना सन्देश दिँदै उहाँले भन्नुभएकाे छ, ‘वि.सं. २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो,’ शुभकामना सन्देशमा देउवाले लेखेका छन्, ‘२०१६ मा नेपाली कांग्रेसको जननिर्वाचित सरकारले नै कारखाना र मजदूर सम्बन्धी कानूनको तर्जुमा गरेर, मजदूरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको हो ।’

विराटनगरको मजदुर आन्दोलनलाई तत्कालीन सरकारले निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर बी.पी. कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको पनि  देउवाले स्मरण गर्नुभएकाे छ ।

कांग्रेसको नेतृत्व र अग्रसरतामा श्रमिकको अधिकार सुनिश्चित गराउन २०४८ सालमा श्रम ऐन, २०४९ सालमा ट्रेड युनियन ऐन र २०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र संशोधित श्रम ऐन ल्याइएको सभापति देउवाको सन्देशमा उल्लेख छ ।

आज पनि नेपालका श्रमिकहरुले अनेक समस्या व्यहोर्नु परेको उल्लेख गर्दै उहाँले कसरी श्रमिकको समस्यालाई समाधान गरेर उनीहरुको हक र हितको सम्वर्द्धन गर्न सकिन्छ भन्नेप्रति नेपाली कांग्रेस सदैव सचेत भएर लागिरहेको दाबी गर्नुभएकाे छ ।

LIVE TV