१७ बैशाख २०७५, सोमबार
File picture

काठमाडौं । शारीरिक स्वस्थताले मात्रै पुग्दैन । मानिस मानसिक रुपमा पनि स्वस्थ हुन आवश्यक छ । एउटा भनाई छ स्वस्थ मुटु र मस्तिष्कको संयोजनले मात्र सिर्जना शक्ति बढ्छ । तर पछिल्लो समय यहि मस्तिष्क अर्थात यससँग सम्बिन्धित रोगीहरु भने बढ्दै गएका छन् ।

एक तथ्यांक भन्छ विश्वमा ५ जना व्यक्ति मध्ये १ जनामा कुनै कुनै प्रकारको स्वास्थ्य समस्या छ । त्यस्तै ३० करोड बढी डिप्रेसनका र २६ करोडमा चिन्ताजन्य समस्या देखिन्छ । नेपालमा पनि ५० देखि ५५ लाखमा यस्तो समस्या भएको तथ्यांक बताउँछ ।

मानसिक रोगले निम्त्याउने केही अल्पकालीन र दीर्घकालीन समस्याहरु छन् । यदि यो जटिल बन्दै गए मानिस आत्यहत्याको अबस्थामा सम्ममा पुग्न सक्ने चिकित्सकहरु बताउँछन् ।

महत्वाकांक्षा,आर्थिक विषमता,प्रविधिको बढ्दो प्रयोग लगायतले मानसिक रोगीहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।नेपालको सवालमा पुरुष भन्दा महिलामा मानसिक समस्या बढी देखिएको छ ।

सन् २००८÷००९ को नेपाल सरकार ,परिवार स्वास्थ्य महाशाखाले १५ देखि ४९ वर्ष उमेर समुहमा रहेका महिलाहरुको मृत्युको पहिलो कारण आत्यहत्या भएको हो भनेर बताएको छ । र विगत ४ वर्षमा १३ प्रतिशतका दरले आत्यहत्या समेत बढेको आँकडा छ ।

सरकारी स्तरबाट भएका प्रयास पर्याप्त छैन । योजनाकै अभाव देखि लिएर व्यबहारिक कार्यान्वयनमा तदारुकताको कमी देखिएको छ यस्मा ।

मानसिक समस्या न्युनीकरणमा परामर्श पहिले र त्यसपछि उपचार विधि अपनाउने हो । अझ सबभन्दा बढी यसप्रतिको सचेतना । अब यसमा राज्य र समाज दुबैको जागरुकताको खाँचो देखिन्छ ।

 

LIVE TV