१७ बैशाख २०७५, सोमबार

काठमाडौं । सुस्वास्थ्य, दिर्घायू र समृद्धिको कामना गर्दै आज उभौली पर्व मनाईंएको छ । विशेषतः किराँत समुदायले मनाउने यो पर्वमा लोकप्रिय चण्डी नाचको प्रचलन रहेको छ ।

हरेक बैशाख पूर्णिमाका दिन मनाइने उभौंली पर्वमा अन्न बाली सप्रियोस् भन्दै प्रकृतिको पूजा गर्ने परम्परा रहेको छ । चण्डी नाच गरिने भएकाले आज चण्डी पूर्णिमा पनि भनिन्छ, चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात पार्वतीको सृष्टि भएको दिनका रुपमा मानिन्छ । बैशाखे पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली मनाइन्छ ।

उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रुपमा मनाइन्छ । उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण श्रृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ ।

 

 

 

 

LIVE TV