१७ बैशाख २०७५, सोमबार

काठमाडौं । अज्ञात व्यक्तिको समूहबाट ७९ वर्षीया वृद्धा बलात्कार भएकी छन् । उनलाई गएराति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेका हुन् ।

इलामको रोङ गाउँपालिका १, शान्तिपुरमा वृद्धा सामूहिक बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । अनुसन्धानका लागि एक जना प्रहरी निरीक्षक नेतृत्वको टोली शान्तिपुरतर्फ गएको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताए।

झापाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा पीडित वृद्धालाई उपचारका लागि ल्याइएको छ । केही चोटपटकहरु देखिएका हस्पिटलले जनाए ।

LIVE TV