१७ बैशाख २०७५, सोमबार

हेटौंडा । सोमबार हेटौंडामा भएको नेपाली कांग्रेसको जिल्ला सम्मेलन भएकाे छ । नेपाली कांग्रेसका नेता गगन थापाले अबको ५ वर्ष कांग्रेसले सरकारको खबरदारी गर्ने र संगठन मजबुत बनाउन लागिपर्ने बताए ।

 

नेपाली कांग्रेसको जिल्ला सम्मेलनमा थापाले कांग्रेस छायाँ सरकारको रुपमा रहने भन्दै वाम गठबन्धनको सरकार बरालिन खोजेमा कांग्रेसले सतर्क गराउनुपर्ने बताएकाे हाे । जनताले कांग्रेसलाई सत्ताबाहिर राखे पनि वाम गठबन्धनको क्रियाकलापमा निगरानी र खबरदारी गर्ने जिम्मेवारी दिएको पनि थापाको भनाइ छ ।

कांग्रेस अहिलेको सरकारलाई सहयोग गर्न पछि नपर्ने पनि  थापाले जनाए ।

 

 

LIVE TV