१७ बैशाख २०७५, सोमबार

काबुल । अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा आज भएको बम विस्फोटमा पाँच जना पत्रकारको मृत्यु भएको छ । बम विस्फोटमा मारिनेको संख्या २५ पुगेको छ । भने दर्जनौं घाइते छन् ।

मृत्यु भएका पत्रकारमध्ये एक जना फोटो पत्रकार भएको आशंका गरिएपनि अन्यको पहिचान खुलेको छैन । अफगानिस्तानको पत्रकार वकालत समूहले मारिने पत्रकारका बारेमा खोजी भइरहेको जनाएको छ । अहिलेसम्म यस आत्मघाती हमलाको कसैले जिम्मेवारी लिएको छैन ।

LIVE TV