१७ बैशाख २०७५, सोमबार

पर्सा । मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ, भने अर्का दुई जना घाइते भएका छन् ।

पर्साको पोखरिया नगरपालिका ४ मा दुर्घटना हुँदा जिराभवनी गाउँपालिका(१ बलुवा निवासी २८ वर्षका महेन्द्र मुखिया विन र २० बर्षका भोज मुखिया विन मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरीले जानकारी गराए अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ले जानकारी दिए ।

अन्य दुई जना रामबाबु मुखिया विन र धनीलाल मुखिया विन घाइते भएका छन् । वीरगञ्ज हेल्थ केयर अस्पतालमा र धनीलाल मुखिया विनको न्युरो सर्जिकल अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार मध्यराति पौने बाह्र बजे चारै जना एउटै अनटेष्ट मोटरसाइकलमा सवार थिए ।

मोटरसाइकल पोखरिया नगरपालिका, ४ कृष्ण आयल स्टोर नजिकै बिग्रेर बनाउन राखिएको ना ४ त ९६०७ नम्बरको ट्याक्टरमा ठोक्किदा दुर्घटना भएको थियो ।

LIVE TV