१७ बैशाख २०७५, सोमबार
  • राजकमल सिंह,

धनुषा । जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत तथा अभिन्दनको तयारी तीव्र बनाइएको छ ।

बैशाख २८ गते काठमाडौं उत्रिनु हुने भारतीय प्रधानमन्त्री मोदी २९ गते जनकपुर पुग्ने कार्यक्रम छ । जहाँ उहाँको अभिनन्दन गर्ने तयारी छ । दुई नम्बर प्रदेश सरकारले मोदीको भब्य स्वागतसहित अभिनन्दनलाई विशेष बनाउने तयारी गरेको हो । मोदीको भ्रमणसँगै रामायण सर्किट निर्माणले समेत गति लिने प्रदेश सरकारको अपेक्षा छ ।

मोदीको भ्रमण लक्षित गरी एकीकृत सहरी विकास आयोजना अन्तर्गतका निर्माणाधीन सडक तथा नालाको सरसफाई र रंगरोगन गर्न थालिएको छ । भ्रमणलाई केन्द्रित गरी जनकपुरमा क्षेत्रमा सुरक्षा सर्तकतासमेत बढाइएको छ ।

LIVE TV