१७ बैशाख २०७५, सोमबार

वीरगञ्ज ।  मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा जिराभवनी गाउँपालिका-१ बलुवा निवासी २८ वर्षका महेन्द्र मुखिया विन र २० बर्षका भोज मुखिया विन मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक सुवास बुढाथोकीकाे अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हाे। जिराभवानी गाउँपालिकाकै घाइते रामबाबु मुखिया विन र धनीलाल मुखिया विन भोजको वीरगञ्ज हेल्थ केयर अस्पतालमा र धनीलाल मुखिया विनको न्युरो सर्जिकल अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकल पोखरिया नगरपालिका, ४ कृष्ण आयल स्टोर नजिकै बिग्रेर बनाउन राखिएको ना ४ त ९६०७ नम्बरको ट्याक्टरमा ठोक्किदा दुर्घटना भएको थियो । पर्साको जीराभवानी गाउँपालिका १ बलुवाबाट जन्ती गएर बिन्ध्यबासिनी गाउँपालिका-१ गर्दौलमा जन्ती गएर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परेको हो ।

 

LIVE TV