१७ बैशाख २०७५, सोमबार

काठमाडौं । सरकारले अरनिको राजमार्गमा कायम सिन्डिकेट तोडेपछि समिति कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर कम्पनी दर्ता गरेको छ ।
कम्पनी रजिष्ट्ररको कार्यालय स्रोत समिति अन्तर्गतका व्यवसायीले अरनिको यातायात दर्ता गराएको बताएको हो ।

आन्दोलन घोषणा गरेका यातायात समितिहरू गुपचुप रुपमा कम्पनीमा दर्ता प्रक्रियामा छन् । अरनिको यातायात सेवा समितिले भने आफू कम्पनीमा नगएको दावी गरेको छ । समितिका अध्यक्ष श्याम लामाले आफूहरूले कम्पनी दर्ता नगराएको दावी गरेको हो । उनले घोषित आन्दोलनमा आफूहरूले सहभागिता जनाइरहेको र सञ्चारमाध्यमले कम्पनीमा गएको प्रचारवाजी गरिरहेको बताए ।

अरनिको मात्रै होइन, अन्य समितिका पदाधिकारी पनि पनि नाम ‘रिजर्भ’ गर्न आउन थालेको कार्यालयका अधिकारीहरू बताउँछन् । सबै समितिलाई कम्पनीमा जानैपर्ने स्थिति आए आफ्नो नाम खोसेर अर्कैले कम्पनी दर्ता गर्ने डर व्यवसायीलाई छ । केही महत्वपूर्ण संघ तथा समितिले कम्पनी रजिष्ट्रारको कार्यालयमा नाम ‘रिजर्भ’ गरिसकेका छन् ।

LIVE TV