१७ बैशाख २०७५, सोमबार

काठमाडौं । नेपाल आईडलबाट रकस्टारको उपाधि पाएका खोटाङका युवा गायक उल्सन श्रेष्ठको पहिलो साङ्गितीक कोशेली ‘हुरि आयो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 नेपालको पहिलो अन्तर्राष्ट्रिय स्तरको रियालिटी शो नेपाल आईडलको पहिलो संस्करणको टप ७ मा पुगेर बाहिरिएका उल्सनको यो पहिलो साङितीक कोशेली हो । नेपाल आईडलबाट रकस्टारको उपाधि पाएका उल्सनले आफ्ना फ्यान, श्रोताहरुलाई नयाँ २०७५ सालको उपलक्ष्यमा आफ्नो पहिलो एकल प्रयासमा तयार पारिएको साङितिक कोशेली प्रदान गरेका छन् ।

पहिलो गित श्रोता, दर्शक सामु ल्याउदा युवा गायक एकदमै उत्साहित देखिएका छन् । सार्वजनिक यस गितमा गायक श्रेष्ठको आफ्नै शब्द, संगीत र कम्पोजिसन रहेको छ ।

हर्कुलस बस्नेतकाे संगीत संयोजन रहेको छ । यो गितको म्युजिक भिडियोलाई योर स्टाइल इन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो भने, गितको म्युजिक भिडियोमा नायिका आँचल शर्मा, ईन्जमाम अली खान र गायक श्रेष्ठको पनि अभिनय रहेको छ ।

भिडियोलाई सुरेश नेपालीले छायांकन गरेका हुुन् । डिन्सन शाहको सम्पादन रहेको छ । भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् ।
यो गीतको म्युजिक भिडियोलाई हेरेर आफ्ना दर्शक श्रोताहरुलाई सकारात्मक वा नकारात्मक कस्तो लाग्यो प्रतिक्रिया दिन गायक श्रेष्ठले आग्रह गरेका छन् ।

LIVE TV