१७ बैशाख २०७५, सोमबार

कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको बताउनु भएको छ । 

नेपाल प्रेस यूनियनले धनगढी बिमानस्थलमा गरेको पत्रकार सम्मेलनमा सभापति तथा पूर्व प्रधानमन्त्री देउवाले वर्तमान सरकार लोकतन्त्रलाई कमजोर बनाएर मुलुकमा एक दलीय व्यवस्था लादन खोजीरहेको आरोप लगाउनु भयो ।

सरकारले सम्पति शुद्धीकरण आयोग, राष्ट्रिय अनुसन्धानलाई प्रधानमन्त्रीको मातहतमा ल्याएको विषयप्रति लक्षित गर्दै उहाँले सरकारका बिरुद्ध सडकमा जानुपर्ने बाध्यता नल्याउन चेतावती दिनु भयो ।

सभापति देउवाले भारतसंग जोड्ने गौरीफन्टा नाकाको स्तरोन्नति गर्ने बिषय आफु प्रधानमन्त्री हुँदा भएको सहमतिको ३३ नम्बर बुँदामा हेर्न आग्रह गर्नुभयो । तर प्रधानमन्त्री ओलीको भारत भ्रमणमा यो बिषयमा कुरो नै नउठाएको उहाँको जिकिर थियो ।

LIVE TV