१७ बैशाख २०७५, सोमबार

काठमाडाैँ । मनकामना मन्दिरमा गजुर राखिएको छ ।

‘गोरखा’ भूकम्पले क्षतिविक्षत बनाएको मन्दिरको सामान्य जिर्णोद्वार पछि आज बैशाख पूर्णिमाको अबसर पारेर क्षमापूजासहित आज विहान ९ बजेको साइतमा गजुर राखिएको हो । पुरानो गजुर मर्मतसँगै जलप लगाउन ४० लाख रुपैयाँ खर्च भएको मन्दिर जिर्णोद्वार समितिले जनाएको छ ।

गजुरमा ३३ तोला सुनको जलप लगाइएको छ । गजुर राखिए पनि मन्दिर जिर्णोद्वारको काम भने सकिएको छैन । असारसम्म छाना छाएर असोज महिनादेखि भक्तजनका लागि मन्दिर खुला गर्ने लक्ष्य छ । मन्दिर जिर्णोद्वारका लागि १२ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान छ ।

LIVE TV