१७ बैशाख २०७५, सोमबार

एजेन्सी । प्रेमले मान्छेलाई पगलनै बनाउँछ । प्रेममा परेका मानिसले आफ्नो जोडीको हरेक चिजमा घिन पनि खासै मान्दैनन् । यस्तै भएको छ, एक प्रोफेशनल नर्स क्रिष्टीना र उनकी श्रीमान विन्सेसको पनि ।

क्रिष्टीना आफ्नो श्रीमान विन्सेससँग कोलगेट, ओक्लाहमा भन्ने ठाउँमा बस्दै आएकी छन् ।

क्रिष्टीनाले आफ्नो श्रीमान विन्सेसको गालामा बिगत चार वर्ष देखि एउटा पिम्पल देख्दै आएकी थिइन् । उनलाई श्रीमानको त्यस पिम्पललाई राक्षस जस्तै लाग्थ्यो । आफ्नो श्रीमानको चार वर्षसम्म पनि एउटै पिम्पल नहराएको कारण क्रिष्टिनाले अब केही गर्नुपर्छ भन्ने सोचिन् ।

क्रिष्टीनाले पहिलो पटक विन्सेसको गालामा रहेको चार वर्षे पिम्पललाई निचोर्न सुरु गरिन् । यसरी विन्सेसको गालमा रहेको त्यो पिम्पल निचोर्न सुरु गरेपछि हिमपहिरो जस्तै पिप निस्कन थाल्यो ।

त्यस्तै क्रिष्टीनाले विन्सेसको सो पिम्पललाई बिस्तारै पुनः निचोर्न थालिन्, त्यसबखत् बाक्लो फोहोर पिप बाहिर आयो र विन्सेसको गालाबाट बग्न थाल्यो । र क्रिष्टीनाले अन्तिमपटक निचोर्दा पहेँलो पिप निस्कियो ।

LIVE TV