१७ बैशाख २०७५, सोमबार

बलिउड नायिका अमिशा पटेल आफैँले लगाएको पहिरनका कारण सामाजिक सञ्जालमा ट्रोल बनेकी छिन्। उनले आफ्नो बैङकक यात्राको क्रममा खिचिएको एक तस्वीर जसमा उनी रातो टिशर्ट र नीलो जिन्समा छिन्।अमिशाले जव आफ्नो ईन्स्टाग्राम अकाउन्टमा उक्त तस्वीर शेयर गरीन् शेयर भएको केहि समय पछिबाटै ट्रोलको शिकार हुन पुगिन् ।

अमिशाको केहि प्रशंसक बाहेक धेरैले उनको पहिरनलाई लिएर ब्यंग्य गरेका छन् । केहिले उनीसँग लगाउनको लागि अरु कुनै कपडा नरहेको कमेन्ट गरेका छन् भने केहिले त पुछ्ने कपडा लाएर हिँडेकोसम्म पनि भनेका छन्। त्यसो त बलिउडमा पहिरनको कारण ट्रोलको शिकार यस अघि पनि धेरै नायक तथा नायिकाहरु परीसकेका छन् ।

बलिउडमा नायक नायिकाहरु कति त चर्चामा आउन पनि अनेक हत्कण्डा गर्ने गरेको जानकारहरुको भनाई छ ।

LIVE TV