१७ बैशाख २०७५, सोमबार

काठमाडौं । १५ जनाको टिमसहित धौलागिरि हिमाल आरोहणमा गएका एक विदेशी पर्यटक आफ्नो टोलीबाट छुट्टिएर एक्लै हिँडेका बेला मृत्यु हुन पुगेको छ ।

१५ हिमाल आरोहणका लागि इटलीका ३७ वर्षीय सिमोन ला तेर्राको हिमपहिरोमा परी मृत्यु भएको हो । प्रेस्टिज एडभेन्चरका डम्बर पराजुलीले जानकारी गराए अनुसार गत शुक्रबारदेखि हराएका उनको शव शनिबार फेला परेको हो ।

प्रहरीका अनुसार उनको शव सोमबार काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ ।

LIVE TV