१७ बैशाख २०७५, सोमबार

कपिलवस्तु । २५६२ औं बुद्धजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनीमा एक ध्यान केन्द्रको उद्घाटन गरेका छन्।

राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री ओलीले संयुक्त रुपमा लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान केन्द्रको शिलान्यास गरेका हुन् । प्रधानमन्त्री ओलीले अघिल्लो पटक प्रधानमन्त्री भएका बेला अन्तर्राष्ट्रिय ध्यान केन्द्रको निर्माण गर्ने आश्वसन दिएका थिए ।

केन्द्रको संयुक्त शिलान्यासपछि बुद्धजयन्तीका अवसरमा आयोजना गरिएको कायक्रमलाई राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली तथा प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले सम्बोधन गर्ने भएकाछन् ।

LIVE TV