१७ बैशाख २०७५, सोमबार

काठमाडौं । गायक तुल साम्सुहाङ राईको नयाँ गीत सार्वजनिक भएको छ । गायक राईको ‘गोर्खे सलाम’बोलको गीत भिडियोसहित बजारमा सार्वजनिक भएको हो ।

यो गीत गायक राईको ‘सुरुवात’ गीति एल्बममा समावेश गरिएको छ । टंक बुढाथोकीको शब्द, संगीत तथा एरेञ्जमा गायक राईले उत्कृष्ट आवज दिएका छन् ।

गायक राईको ‘गोर्खे सलाम’ मा निर्मल लामाको निर्देशनमा भिमफेदी गाइजको फिचरिङ रहेको छ । गायक राईको ‘गोर्खे सलाम’लाई पवन सुस्लिङ्गले सम्पादन गरेका हुन् ।

गायक राईको यो दोस्रो गीत हो । यो भन्दा अगाडि गायक राईले ‘माया साराङ्गे’ दर्शक तथा श्रोतामाझ ल्याईसकेका छन् । जुन गीतलाई दर्शक तथा श्रोताहरुले धेरै रुचाएका पनि छन् ।

LIVE TV