१७ बैशाख २०७५, सोमबार

विर्तामोड । झापामा गोरु काटेको आरोपमा ३ जना पक्राउ परेका छन् । उनिहरुलाई स्थानीय बलबहादुर दर्जीको गोरु लागेर गए राति काटेको आरोप छ ।

पक्राउ पर्नेहरुमा झापाका २६ वर्षीय सुनिल तामाङ, ३५ वर्षीय बसन्त साहा र इलामका २७ वर्षीय विक्रम सोनाम पक्राउ परेका हुन्। तिनै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।

घटनास्थलबाट ६० किलो गोरुको मासुसमेत नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।

LIVE TV