१७ बैशाख २०७५, सोमबार
  • मनाेज भुजेल

मोरङ । मोरङको सुन्दरहरैचा ठडिया चोकमा माइक्रो बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने दश जना घाइते भएका छन् ।

झापाको भद्रपुरबाट काठमाडौं जाँदै गरेको बा ४ ख ६९१९ नम्वरको माइक्रो बस अनियन्त्रित भइ रुखमा ठोक्किदा दुर्घटना भएको हो । माइक्रो बसमा सवार झापा भद्रपुर १५ की ५१ वर्षीया उमा निरौला र ५२ वर्षीय श्याम कार्कीको उपचारका लागि विराटनगर लैजानेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाईते भएका माइक्रो चालक झापा दमक ५ का धिरज न्यौपाने र सह–चालक धनुषाका दिपक पाण्डेको लगायत अन्य घाइतेको विराटनगरको गोल्डेन अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान र इटहरीको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

LIVE TV