१७ बैशाख २०७५, सोमबार

एजेन्सी :
जारी इन्डियन प्रिमियर लिग (अाइपीएल)मा सनराइजर्स हैदरवाद राजस्थान रोएल्सलाई पराजित गर्दै खेल तालिकाको शीर्ष स्थानमा उक्लिको छ। बलिङमा  उत्कृष्ट प्रदर्शन गर्दै हैदरावादले १५१ रन डिफेन्ड गरेर राजस्थानलाई ११ रनले हराएकाे हाे ।

आइतबारको पहिलो खेलमा हैदरावादले टस जितेर पहिले ब्याटिङ गर्दै कप्तान केन विलियमसनको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर १५१ रन बनाएको थियो। ४३ बल खेलेका विलियमसनले ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाए। यस्तै आइपीएलमा डेब्यु गरेका एलेक्स हाल्सले ४५ रन योगदान गरे। मनिस पाण्डेले १६ रन जोडे। राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए।

जवाफमा १५२ रनको लक्ष्य पछ्याएको राजस्थानले कप्तान अजिन्का रहानेको अर्धशतकका बावजुत पनि लक्ष्य भेट्न सकेन। राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो। ओपनर रहानेले ५३ बलमा नटबउट ६५ रन बनाए। सन्जु सामसनले ४० रन जोडे।

बलिङमा हैदरावादका सिद्दार्थ कउलले ४ ओभचरमा २३ रन खर्चेर २ विकेट लिए। सन्दीप शर्माले ४ ओभरमा १५ रन मात्र दिएर १ विकेट लिए। सिजनको छैटौँ जितपछि ८ खेलबाट १२ अंक जोडेको हैदरावाद शीर्ष स्थानमा उक्लन सफल भयाे ।

आइतवारै भएको दोस्रो खेलमा कोलकता नाइट राइडर्सले रोएल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराएकाे छ। यस सिजनमा कोलकताको यो चौथो जित हो।  क्रिस लिन र आन्द्रे रसेलले उत्कृष्ट प्रदर्शन गरेको खेलमा कोलकताले विराट कोहलीको अर्धशतक छायाँमा पार्दै ६ विकेटको जित हात पारेकाे हाे।

LIVE TV