१७ बैशाख २०७५, सोमबार

एमाले र माओवादी एकतामा कुनै समस्या छैन: सुवासचन्द्र नेम्वाङ

मंगलबारे । पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमाले र माओवादी एकतामा कुनै समस्या नभएको बताउनु भएको छ । दुई पार्टी एकताबारे दुई अध्यक्षबीच सहमति नभईरहेको बेला उहँले यस्तो बताउँनुभएको हो ।

उहाँले भन्नुभयो वाम एकता प्रक्रियामा कुनै समस्या आएको छैन,’ इलाममा आयोजित पत्रकार सम्मेलनमा नेता नेम्वाङले भन्नुभयो, ‘एकतापछि पार्टी सञ्चालनमा समस्या नहोस् भनेर दुई अध्यक्षबीच गम्भीर छलफल भइरहेको मात्र हो । यसमा कुनै समस्या छैन् छिट्टै दुई पार्टी एकता हुन्छ ।’

यसैबीच, नेम्बाङले इलामको लारुलुम्बाको फाल्गुनन्द एयरपोर्टमा दश दिनभित्रमा टेष्ट फ्लाइट हुने बताएका छन् । एक दशकदेखि निर्माण कार्य शुरु भएको एयरपोर्ट सञ्चालनमा जिल्लाबासीको चासो बढिरहेको बेला नेम्बाङले १० दिनभित्रमा टेष्ट फ्लाइट हुने बताउँनुभयो ।

नेम्बाङले झापाको भद्रपुर एयरपोर्टबाट अबको छ महिनाभित्र नाइट लेण्डिङ्ग शुरु हुने बताए । वाम गठबन्धनको सरकार गठन भएदेखि नै आफूले नाइट लेण्डिङ्गको लागि पहल गरेको उहँलेको भनाइ छ ।

LIVE TV