१७ बैशाख २०७५, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको तयारी थाल्नुभएको छ । आज बोलाइएको निर्वाचित केन्द्रीय सदस्यको बैठकबाट पदाधिकारी मनोनयन गर्ने सभापति देउवाको तयारी रहेको छ ।

निर्वाचन समीक्षा सम्बन्धी बसेको एक महिने बैठक सकिएसँगै देउवाले पदाधिकारी मनोनय प्रक्रिया अघि बढाउनु भएको हो । काँग्रेसको विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनामा पदाधिकारी मनोनयन गर्नुपर्ने प्रावधान रहेको छ । यद्धपि दुई वर्ष वित्दा समेत मनोनयन हुन सकेको छैन । देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्री लगायतका पदमा मनोनयन गर्नुहुने बताइएको छ । उपसभापतिमा विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदारको दाबी रहँदै आएको छ ।

यता नेपाल लोकतान्त्रिक फोरम विलय गरी आमन्त्रित सदस्य गच्छदारले पनि उपसभापतिको दाबी गर्दै आउनुभएको छ । विधानअनुसार निर्वाचित सदस्य मात्र पदाधिकारी मनोनयन हुन सक्ने विधानमा व्यवस्था रहेको छ । विधान संशोधन नभएसम्म गच्छदार उपसभापतिका लागि योग्य हुनुहुनेछैन । पौडेल पक्षले भने अहिले पदाधिकारी मनोनयन विधान विपरित हुने बताउँदै आएका छन् ।

LIVE TV