१७ बैशाख २०७५, सोमबार

काठमाडौं: नेपाल प्रहरीमा ३ सयजना जवानलार्इ हवल्दार पदमा बढुवा गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार बढुवा प्रकृया अगाडि बढाएको हो। पहिलो चरणमा ३ सय जवानलाई हवल्दारमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएकाे छ।

माथिल्लो तहको बढुवा नियमित भए पनि तत्लो तहका प्रहरीको बढुवा लामो समयदेखि हुन सकेको थिएन।

प्रहरी प्रधान कार्यालयले केहि दिन अघि मात्र ५ हजार जवानको एकैचोटी सरुवा गरेको थियाे। साथै ७३ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी निरीक्षकमा बढुवाको लागि सिफारीस पनि गरिएको थियो।

हेर्नुहाेस्, काे–काे परे बढुवामा ?

LIVE TV