१७ बैशाख २०७५, सोमबार

काठमाडौँ । कांग्रेस केन्द्रीय समितिको निर्वाचित पदाधिकारी बैठक छलफल नै नगरी बोलाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गर्ने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयन गर्न भनेर अाज सोमबार बिहान साढे ८ बजेका बैठक बोलाएका थिए ।

सभापति देउवाले विधानको प्रावधान संशोधन नगरी विधान र सहमति विपरित पदाधिकारी मनोनयन गर्न लागेको भन्दै बैठक बहिष्कार गरेको नेता पौडेलले बताए। ‘विधान र सहमति विपरित भएकाले बैठक बहिष्कार गर्ने निर्णय गरेका हौं,’ पौडेलले भने।

दुवै नेताले प्रकाशमान सिंह लगायतका केही केन्द्रीय सदस्यलाई बैठकमा पठाएर आफ्ना कुरा राख्न लगायने तयारी गरेका छन्। कांग्रेस विधान अनुसार २ महिना भित्र गरिसक्नु पर्ने पदाधिकारी मनोनयन २ बर्ष सम्म हुन सकेको छैन। अघिल्ला कार्यकालमा पनि यँही परम्परा भएको सभापति देउवाको दाबी छ।

LIVE TV