१७ बैशाख २०७५, सोमबार
  • कृष्ण पाण्डे

काठमाडाैँ । लोकप्रिय गायिका शान्ति श्री परियार र हास्य कलाकार उज्ज्वल गिरीको आवाजमा रमाइलो गीत मःमः खान जामको भिडियो सार्वजनिक भएको छ । भिडियोमा हास्य कलाकार उज्ज्वल गिरीले करिश्मा ढकाललाई मःमः खान जाम भनेका छन् ।

भिडियो

नरेश खाती क्षेत्रको लय तथा शब्द सिर्जना रहेको छ । भिडियोको छायाङ्कन राजेश घिमिरे र सम्पादन विष्णु शर्माले गरेका छन् । उज्ज्वल गिरी र करिश्मा ढकालको अभिनय रहेको सो गीतमा प्रकाश भट्टको निर्देशन रहेको छ । माया प्रेमलाई विषयवस्तु बनाइ तयार पारिएको गीतमा निकै रमाइलो भिडियो समेत बनाइएको छ ।

LIVE TV