१७ बैशाख २०७५, सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्या अनुसन्धानको मिसिल प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

घटनाको अनुसन्धान सकिएको जानकारीसहितको मिसिल मोरङ जिल्ला प्रहरीले आईतबार बुझाएको जिल्ला न्यायाधिवक्ता पुण्य पाठकले जानकारी दिए ।

सुन तस्करी र शाक्य हत्याको अनुसन्धान गरिरहेको मोरङ प्रहरीले घटनामा संलग्न भनिएकाहरुविरुद्ध कर्तव्य ज्यान, अपहरण र संगठित अपराध मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार वीसील् प्रहरीका तर्फबाट अनुसन्धान सकेर सिसिल सरकारी वकिल कार्यालयको जिम्मा लगाईएको पुष्टि गरे । , यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

LIVE TV