१७ बैशाख २०७५, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणालीको अन्त्य हुने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले कानुन निर्माण गरेरै यस्तो प्रणालीको अन्त्य गर्न लागिएको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध दर्शनको विकासमा महत्वपुर्ण भुमिका निभाएको चर्चा गर्दै उनले भने,‘बुद्ध शिक्षा सामान्य कुरा होइन, यो २५६२ वर्षदेखि चलिआएको छ र अहिलेपनि उत्तिकै सान्दर्भिक छ ।’ उनले देश निर्माणमा बुद्ध मार्ग अवलम्बन गर्नुपर्ने बताए । याे समाचार अाजकाे नयाँ पत्रिका दैनिकले छापेकाे छ।

कार्यक्रममा दिक्षान्त मन्तव्य दिदै बुद्धिष्ट एण्ड पाली विश्वविद्यालय श्रीलंकाका उपकुलपति प्रा.डा.गल्ल्ये सुमन थेरोले बौद्ध दर्शनको विकासमा विश्वविद्यालयको भुमिका महत्वपूर्ण रहने बताए । दिक्षान्तमा विद्यावारिधी र स्नातकोत्तर तहमा गरी १ सय ७ जना विद्यार्थी दिक्षित भएका छन् ।

कार्यक्रममा शिक्षामन्त्री गिरीराजमणि पोखरेल, विश्वविद्यालयका उपकुलपति नरेशमान बज्राचार्य, रजिष्टार तिलकराम आचार्य, डीन माणिकरत्न शाक्य लगायतले बोलेका थिए ।

LIVE TV