१७ बैशाख २०७५, सोमबार

वि.सं. २०७५ साल वैशाख १७ गते। सोमबार। इश्वी सन् २०१८ अप्रिल ३० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– पूर्णिमा, ६:०८ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– स्वाती, १४:४० बजेउप्रान्त विशाखा। योग– सिद्धि, १०:२८ बजेउप्रान्त व्यतीपात। करण– वव, ६:०८ बजेदेखि वालव, १८:१३ बजेउप्रान्त कौलव। आनन्दादिमा छत्र योग। चन्द्रराशि– तुला। काठमाडौँमा सूर्योदय– ५:२८ बजे, सूर्यास्त– १८:३६ बजे र दिनमान ३२ घडी ५१ पला। चण्डी पूर्णिमा। गौतमबुद्ध जयन्ती। गोरखनाथ जयन्ती। किराँतहरूको उभेली पर्व। वैशाखस्नान समाप्ति। बन्दिकापुरमा चण्डेश्वरी रथयात्रा। स्वायाँ पुन्ही। घाटुनाच समापन। रानीघाटमा बाघभैरव पर्व। ललितपुरको गोटिखेलस्थित वैतरणीधाम स्नान।

मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ) : पढाई लेखाइमा प्रगति हुनेछ । आफन्तसँग पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । अध्ययन वा व्यापारकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ । स्वास्थ्यमा सुधार आउनेछ । दाम्पत्य जीवन सुखमय बित्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा) : विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने व्यापारमा पनि प्रशस्त फाइदा हुने योग छ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : अध्ययन अध्यापनमा रुचि बढ्नेछ भने बित्या तथा प्रतिस्पर्धामा तपाइकै नाम अग्र स्थानमा आउनेछ । । काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरू तपाइकै पक्षमा आउनेछन् । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमी प्रेमिकाबिच सम्बन्धमा सुधार आउनेछ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : अध्ययन अध्यापनमा अलि बढी समय खर्चिँदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुँनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुँनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुँनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : समाजमा गुमेको साख फिर्ता हुँनुको साथै आफ्नो वर्चस्व बढाउँन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य वृद्धि गर्न सकिने साथै दिगो फाइदा हुँने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग हुँने हुँदा मन प्रसन्न हुँनेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउँन सकिनेछ । छोटो,रमाइलो तथा उपलब्धिमुलक यात्रा हुँने अधिक सम्भावना रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मियताको बढोत्तरी हुने योग रहेको छ । बन्द व्यापारमा राम्रै फड्को मार्न सकिने समय रहेको छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। शत्रुहरू किनारा लाग्नेछन्। सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। राम्रा तथा बिलाशिताका बन्तुहरुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले अरू भन्दा राम्रो नतिजा ल्याउन सकिनेछ ।

बृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) : माया प्रेममा मनमुटाव सिर्जना हुँनेछ भने पति पत्नी बिच अविश्वास बढ्नेछ । साथीभाइ तथा आफन्त हरेको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाइदाको लागि अलि बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउँने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । पढाई लेखाइमा अलि बढिनै समय दिनुपर्नेछ । लामो दुरीको यात्रा नहोला भन्न सकिन्न ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,डा,भे) : रोकिएका काम बन्नाले उत्साह जाग्नेछ भने व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । बित्या तथा प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आर्थिक लाभ हुने काममा हात हाल्न सकिनेछ । ईर्ष्या गर्नेहरू आफै किनारा लाग्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : सहयोगीहरूले राम्रो साथ दिनेछन् भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। विभिन्न उपहार प्राप्त हुने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : नोकरिमा पदोन्नति हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मूलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानि हुने ग्रहयोग रहेको छ । प्रेमका बाटाहरू फराकिला हुनेछन् भने जीवन साथीको पनि सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : पढाई लेखाइमा उपलब्धि हात पार्नको लागि कडा मेहनेतको खाँचो पर्नेछ । व्पायार व्यावसायमा समय दिन नसक्दा आम्दानीमा घटोत्तरि हुनेछ । आफन्त तथा दिदी बहिनी सँग सामान्य कुरामा पनि मनमुटाव बढ्ने योग रहेको छ । स्थाई सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ । प्रेममा नचाहँदै नचाहँदै टाडिनु पर्दा मन खिन्न हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी गणेश काफ्ले ।

LIVE TV