१६ बैशाख २०७५, आईतवार

काठमाडौं । नेपालमा पाईने र उत्पादन हुने जडिबुटीलाई स्वदेशमै प्रयोग गरौं र अन्तराष्ट्रिय बजारमा पनि निर्यात बढाऔं भन्ने उद्धेश्यसहित सातौं नेपाल हब्र्स आयुर्वेद प्रर्दशनी मेला हुने भएको छ ।

कृषि क्षेत्रमा यान्त्रिकीकरणको अभावका कारण नेपालमा जडिबुटीको कम उत्पादन भएको नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले जनाएको छ । अन्तर्राष्ट्रिय क्षेत्रबाट अग्र्यानिक प्रमाणित भएको जडिबुटीमात्र नभई जडिबुटीको दिगोरुपमा प्रशोधन गरी निर्यात गर्ने वातावरण निर्माण गर्न पनि संघले सरकारसंग माग गरेको छ । हाल नेपालमा तीन सय २० प्रजातिका जडिबुटी भएको र जसमध्ये ३२ प्रजातिहरु अग्र्यानिक प्रमाणित भएको नेपाल हब्र्स तथा हर्वल उत्पादन संघका अध्यक्ष गोविन्द घिमिरेले बताउनुभयो ।

आरोग्य जीवनको संकल्प, स्वस्थ्य र सुखी नेपालीको चाहना र समृद्धिका लागि जडीबुटी उद्यम भन्ने नाराका साथ हब्र्स आयुर्वेद मेलाको आयोजना हुने भएको हो । विशेषगरी युववर्गमा लक्षित गरी नेपालमा पाइने र उत्पादन हुन सक्ने जडिबुटीलाई चिनाउन प्रर्दशनी आयोजना गरिन लागिएको आयोजकको भनाई छ । एकसय भन्दा बढि स्टल रहने प्रर्दशनीमा २५ सयले अवलोकन गर्नुका साथै ५ करोड बराबरको कारोवार हुने अपेक्षा गरिएको छ । प्रर्दशनी बैशाख २१ गतेबाट २३ गते सम्म सञ्चालन हुने छ ।

LIVE TV