१६ बैशाख २०७५, आईतवार

काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति वैठकमा आगामी भदौमा महांसमिति वैठक वोलाउने प्रस्ताव गरिएको छ ।

निर्वाचनको समीक्षा गर्न चैत्र ९ गतेवाट सुरु भएको केन्द्रीय समिति वैठकमा वोल्ने अधिकांस केन्द्रीय सदस्यले तत्काल महांसमिति वैठक वोलाउन माग गरे भदौमा महासमिति वैठक वोलाउने प्रस्ताव गरिएको हो ।

वैठकमा महसमिति भन्दा पहिले जिल्ला सभापतिहरुको भेला वोलाउने समेत प्रस्ताव पेस भएको छ । यसैबीच नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले केन्द्रीय समिति आफ्नो धारणा राख्दै पार्टीले निर्वाचनमा उम्मेदवार छनोटमा विवेक पु¥याउन नसकेको उल्लेख गर्नु भएको छ ।

आइतवार तिन पृृष्ठलामो लिखित धारणा राख्दै कोइरालाले पार्टीमा योगदान गरेका र क्षमतावान व्यक्तिहरुलाई पहिचान गर्न नसक्नु निर्वाचनमा हारको कारण भएको बताउनु भएको छ ।

LIVE TV