१६ बैशाख २०७५, आईतवार

काठमाडौं । साढे ३३ केजी सुन प्रकरण थप रहस्यमय बन्दै गएको छ । प्रकरणमा भटाभट प्रहरी अधिकारी नै पक्राउ पर्न थालेएको छ ।

आइतबार मात्रै शाक्यको हत्या गर्न पूर्व गएको अपराध महाशाखाका अनुसन्धान टोलीका नेतृत्वकर्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रजित केसी पक्राउ परेका हुन् ।  यसअघि पूर्व डिआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, सई बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णु खड्का पक्राउ गरेका छन्।

अनुसन्धान समितिले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री म्पर्कविहीन भएका छन् । खत्री  २३ माघ ०७३ मा दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । प्रहरी स्रोतको उनलार्इ फरार प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी भइरहेको  छ ।

सरकारले प्रकरणको छानबिन गर्न गठन गरेको समितिले आइतबारसम्म २८ जनालाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान र संगठित अपराध अन्तरगत मुद्दा चलाएको छ । जसमा ६ जना प्रहरी अधिकारीहरु छन् ।

LIVE TV