१६ बैशाख २०७५, आईतवार

काठमाडौं। सरकारले परियोजनाका आधारमा युवाहरुलाई बिना धितो ऋण उपलब्ध गराउने तयारी गरेको छ ।

आईतबार सिंहदरबारमा संयुक्त बिद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले युवाले पेश गर्ने उद्यम परियोजनाका आधारमा सरकारले बिना धितो ऋण उपलब्ध गराउने तयारी भईरहेको बताउनुभयो । सरकारले उपलव्ध गराउने ऋणलाई जोखिममुक्त बनाउन परियोजनाको बिमा गर्ने व्यवस्था समेत मिलाउने उहाँको भनाई छ ।

दुई बर्षअघि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने र युवा लक्षित नया कार्यक्रम अघि बढाउने उहाँको प्रतिबद्धता थियो ।

संयुक्त बिद्यार्थी संगठनले निश्चित शैक्षिक योग्यता प्राप्त युवा बिद्यार्थीलाई आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने व्यवस्था आर्थिक बर्षदेखि कार्यान्वयमा ल्याउन अर्थमन्त्रीसमक्ष माग गरेका थिए । ०००

LIVE TV