१६ बैशाख २०७५, आईतवार

काठमाडौ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २३ गते संघीय संसद्को बैठक आह्वान गर्नुभएको छ ।

संविधानको धारा ९३, उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरिएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

LIVE TV