१६ बैशाख २०७५, आईतवार

काभ्रे । विद्यार्थीहरुले शिक्षकहरुबाट धेरै ज्ञान पाउने भएकाले शिक्षकहरु अनुशानमा नबस्नु दुखद भएको प्रदेश ३ की प्रमुख अनुराधा कोइरालले बताएकी छन् ।

काभ्रेको बेथानचोक गाउँपालिका ४ चलाल गणेश स्थानको कालीका माबिको भूकम्पपछिको पुनर्निर्माण भएको भवन उद्घाटन गर्दै कोईरालाले शिक्षा क्षेत्रमा अनुशासनको महत्व धेरै हुने भएकाले शिक्षाकहरु अनुशासनमा बस्नु पर्ने बताईन् ।

‘शिक्षा दिने शिक्षकले घरमा आफ्ना बालबालिकालाई आदार-अनादार सिकाउने, आइस्यो गइस्यो भन्ने अनी विद्यालयमा चाही शिक्षक भएर तँ, तँ गर्ने के यो सुहाउँछ त ?’ उनले शिक्षकहरुलाई आग्रह गर्दै भनिन्, ‘तपाइँ नभने पनि बालमैत्री रुपमा तिमि भन्दिनुस्’,।

हरेक विद्यालयमा सुरक्षित र व्यवस्थित शौचालयको प्रवन्ध भएमा विद्यार्थीहरुमा हुने विभिन्न खाले हिंसामा समेत कमी आउने उनले स्पष्ट पारिन् ।

LIVE TV