१६ बैशाख २०७५, आईतवार
  • कृष्ण पाण्डे

काठमाडाैँ । पछिल्लो समय नेपालमा जतिकै विदेशमा विशेष गरी अस्ट्रेलिया र अमेरिकाबाट नेपाली म्युजिक भिडियोहरू बन्ने क्रम उतिकै बढेको छ । नेपाली नयाँ वर्ष पछिको एक हप्तालाई हेर्ने हो भने विदेशबाट पनि धेरै भिडियोहरू सार्वजनिक भए । त्यही मध्यको एक हो इश्वोर पोख्रेल अविरलको ” कति बज्यो भनेर सोधमा कि ? ”

एकनारायण भण्डारीको शब्द अनि सङ्गीतमा अस्ट्रेलियामा रहँदै आएका गायक इश्वोर पोख्रेल अविरलले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । वर्षा शिवाकोटी र आकाश श्रेष्ठलाई फिचरिङ्ग गरिएको गीतलाई अहिलेका व्यस्त निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् भने रिकेश खड्काको सम्पादन रहेको छ । इश्वोर पोख्रेलकै आधिकारिक युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो ।

भिडियाे

 

LIVE TV