१६ बैशाख २०७५, आईतवार

काठमाडौँ । नागढुंगाबाट प्रहरीले अवैध रुवीसहित एकजनालाई पक्राउ गरेको छ ।

चन्द्रगिरी नगरपालिका–२ स्थित नागढुंगा चेकपोष्टमा सवारी साधन जाँच गर्ने क्रममा धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ५८४६ नम्बरको माइक्रोमा सवार धादिङ निलकण्ठ नगरपालिका–४ का २१ वर्षीय सुर्य तामाङलाई शनिबार पक्राउ गरेको हो ।

रूवी ४ सय ६२ ग्राम रहेकाे  प्रहरीले जनाएकाे छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

LIVE TV