१६ बैशाख २०७५, आईतवार

तारा आचार्य
मोरङ। संघीय संरचनामा स्वास्थ्य निकायहरुको क्षेत्राधिकार कस्तो हुने र कुन निकायले के काम गर्ने बारे छलफल शुरु गरिएको छ ।
स्वास्थ्य क्षेत्र सम्बन्धि कानुन नबनेको अवस्थामा संघीय, प्रदेश र स्थानीय सरकारहरुको कर्तव्य र अधिकारहरु बारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मंत्रालयले सो छलफल कार्यक्रम आयोजना गरेको हो ।

विराटनगरमा आयोजना गरिएको प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रममा संघीयता कार्यान्वयन भईसकेपनि कानुन निर्माणमा ढिलाई भर्ईरहेकाले काममा दोहोरोपन आउन नदिन एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले आग्रह गर्नुभयो । उहाँले सामुहिक सहकार्यबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने भएकाले अधिकार भन्दा पनि कर्तव्य निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मंत्रालयको सहयोग र सामाजिक विकास मंत्रालयको आयोजनामा भएको सो कार्यक्रममा सामाजिक विकास मंत्रालयका कर्मचारी, क्षेत्रीय स्वास्थ्य निर्देशक, जनस्वास्थ्य प्रमुख र स्वास्थ्य सम्बन्धी स्थानीय तहका अधिकारीहरु सहभागी रहेका छन् ।

LIVE TV